सरकारको भाविष्यबारे गगनको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको आक्रोश

वैशाख १४, २०८२ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवम् दुई दलीय संयन्त्रका सदस्य गगन थापाले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउनुभएको छ । 

गर्भनर नियुक्तिमा ढिलाइ भइरहेको प्रसंग जोड्दै कांग्रेस महामन्त्री थापाले केही दिनअघि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्री ओलीले सोही अभिव्यक्तिमा असन्तुष्टी व्यक्त गर्नुभएको हो ।

सरकारले गरेका राम्रा कामलाई वेवास्ता गरेर विरोध र आलोचना मात्र भइरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रतिपक्षी दलले सरकार ढल्दैछ भनेर भ्रम सृजना गरेको उहाँले टिप्पणी गर्नुभयो ।

खासगरी विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताले सरकारको भविष्यमाथि लगातार प्रश्न उठाइरहेका छन् । 


प्रतिक्रिया