विनाशकारी गोरखा भूकम्पको १० वर्ष पूरा

वैशाख १२, २०८२ | काठमाडौं
आज वैशाख १२ गते । २०७२ सालमा विनाशकारी भूकम्प गएको १० वर्ष पूरा भएको छ । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सुरक्षित पूर्वाधार निर्माण गरौँ भूकम्पबाट जोगिऔ भन्ने नारा सहित आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो । बारपाक केन्द्र विन्दु भएर गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण ८ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो ।

भूकम्पमा परी २२ हजार तीन सय ९ जना घाइते भएका थिए । त्यसयता ५ ओटा मझौला, ८ सय २० वटा साना, ५५ हजार पराकम्पन गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक छ । नेपालमा सानासाना पराकम्पन दैनिक १२ पटक सम्म जाने गरेको केन्द्रले जनाएको छ । भूकम्पीय जोखीमको हिसाबले नेपाल ११ औं नम्बरमा पर्छ ।