चिकित्सकको आन्दोलन जारी

वैशाख १४, २०८२

आवासीय चिकित्सकले आज पनि आन्दोलनका कार्यक्रम जारी राखेका छन् । सेवा वहिस्कार गरेर आन्दोलनमा उत्रिएका उनीहरुले माईतीघर मण्डलामा ¥यालीसहित प्रदर्शन गरेका थिए । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले सरकारसंग अनौपचारिक वार्ता भइरहेपनि समाधान नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ भत्ता दिने सरकारी निर्णय कार्यान्वनको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

सरकारले निर्धारण गरेको भत्ता रकम दिन निजी मेडिकल कलेजले आनाकानी गरेकाले आन्दोलन गर्नुपरेको चिकित्सकको भनाइ छ ।  


प्रतिक्रिया