नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको देउवाको दावी

वैशाख २३, २०८२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भएको दावी गर्नुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक कारणभन्दा पनि राष्ट्र बैंकभित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएका बताउनुभएको हो ।
सभापति देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको बताइन्छ । त्यसपछि भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि स्वीकृत भइसकेको छैन । विगत एक महिनादेखि राष्ट्र बैंक गभर्नरविहीन छ । मुलुकको आर्थिक अवस्था खराव भएका बेला गर्भनर नियुक्ति गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना भइरहेका छन् ।