चिकित्सक बिदेसिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

वैशाख २३, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सक बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैंले अनुभव गरेको बताउनुभयो ।
स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र चिकित्सक बिदेसिने क्रम बढ्नु चिन्ताको विषय भएको राष्ट्रपति पौडेलले बताउनुभयो ।
संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित हुनुपर्ने राष्ट्रपति पौडेलले बताउनुभयो ।