विद्यालय कर्मचारीको आन्दोलन जारी

वैशाख २३, २०८२
नेपाल विद्यालय कर्मचारी परिषदले सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै आन्दोलन जारी राखेको छ ।
परिषदका अध्यक्ष गंगाराम तिवारीले महासंघले आफ्ना माग नसमेटेको भन्दै आन्दोलन जारी राखेको बताउनुभयो । सरकार र नेपाल शिक्षक महासंघबीच बैशाख १७ गते भएको ९ बुँदे सहमतिमा आफ्ना माग नसमेटिएको भन्दै परिषदले असन्तुष्टी जनाएको हो ।
विभिन्न पक्षसँग अनौपचारिक वार्ता भइ रहेकाले माग मुद्धा समेटिे विषयमा विश्वस्त रहेको अध्यक्ष तिवारीले बताउनुभयो । विद्यालयमा कार्यरत कर्मचारीको तलब न्युन रहेको भन्दै निजामती सो सरह सेवा सुविधा पाउनु पर्ने उनीहरुको माग छ ।