सुख्खा पहिरोे हटाएपछि खुल्यो नारायणगढ मुग्लिन सडक

असार ३, २०८२ | चितवन
सुख्खा पहिरोले अवरूद्ध नारायणगढ मुग्लिन सडक पहिरो हटाएपछि खुलेको छ । सो सडक आज मध्यान्हबाट अवरूद्ध भएको थियो । पहिरो हटाएसँगै दिउँसो सवा चार बजेबाट सडक दुई तर्फी नै खुलेको भरतपुरको डिभिजन सडक कार्यालयका सुचना अधिकारी इन्जिजियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक सडकमा माथिबाट सुख्खा पहिरो खसेको थियो । सो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । तर वर्खायाममा हरेक वर्ष पहिरोले निक्कै दुःख दिने गरेको छ ।