काठमाडौंको सिनामंगलस्थित काठ गोदाममा आगलागी
पुस २२, २०८२ | काठमाडौं
काठमाडौंको सिनामंगलस्थित गैरीगाउँमा रहेको एक काठ गोदाममा आगलागी भएको छ । आज दिउँसो ३ बजेतिर ईश्वर कार्कीले सञ्चालन गरेको सो गोदाममा आगो लागेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीको टोलीले सो आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीका कारण गोदाम नजिकै रहेको एक स्कुलको भवनमा समेत क्षति पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिनुभयो ।









