आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीबारे कुनै तयारी नरहेको खरेलको दाबी

रेडियो कान्तिपुर संवाददाता

पुस २३, २०८२ | काठमाडौं

अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी बारे कुनै तयारी नरहेको बताउनुभएको छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेले चुनावका लागि उम्मेदवार बन्ने दल र क्षेत्रबारे कुनै निर्णय नगरेको बताउनुभएको हो । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन बारे कुनै निर्णय नलिएको खरेलले बताउनुभयो ।

भदौ २३ र २४ गते भएको जेनजीे आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएकै मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न काम गरिरहेको मन्त्री खेरेलले बताउनुभयो । 

निर्वाचनको मिति नजिकिँदै गएपछि विभिन्न दलहरुले आफ्नो तयारीलाई तीव्र पारिरहेका छन् । केहिदिन अघि केहि सञ्चार माध्यममा खरेले चुनावको लागि तयारी गरिरहेको समाचार सार्वजनिक भएपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।  


प्रतिक्रिया