निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था छैन : निर्वाचन आयोग
पुस २५, २०८२ | काठमाडौं
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको बताउनुभयो ।
प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताउनु भयो । यस्तै, आयोगले निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सम्बन्धित प्लाटफर्मलाई आग्रह गरिएको बताएको छ ।







