कोशी प्रदेशमा मन्त्रीमण्डल पुर्नगठन
पुस २२, २०८२ | काठमाडौं
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको छ । ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनाउँदै उहाँले मन्त्रीमण्डलमा फेरबदल गर्नुभएको हो ।
भीम पराजुली पर्यटन, वन तथा वातावरणमन्त्री, मानबहादुर लिम्बू स्वास्थ्यमन्त्री, प्रदीप सुनुवार भौतिक पूर्वाधारमन्त्री तथा इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नुभएको छ ।
त्यस्तै विदुर लिङथेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद महतो सामाजिक विकास मन्त्री बन्नुभएको छ ।
त्यस्तै, शोभा चेम्जोङ भौतिक पूर्वाधार राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त हुनुभएको छ ।









