सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

रेडियो कान्तिपुर संवाददाता

पुस २३, २०८२ | काठमाडौं

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । 

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको राप्रपा प्रवका मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेटका अवसरमा दुई पार्टीका अध्यक्षहरुबीच आसन्न प्रतिनिधिसभा चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा छलफल भएको छ ।


प्रतिक्रिया