चितवनको भण्डारा नजिक सवारी दुर्घटना, गर्भवतीसहित ७ को मृत्यु

असार ७, २०८२ | चितवन

चितवनको राप्ती नगरपालिका–४ भण्डारा नजिक खहरे पुलमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेको हो । 

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्द पुरीले जानकारी दिनुभयो । 

धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस ठोक्किँदा सो दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ । 


प्रतिक्रिया