बालेन्द्र शाह चुनावी अभियानका क्रममा डडेलधुरामा

रेडियो कान्तिपुर संवाददाता

माघ १४, २०८२ | डडेलधुरा

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणका क्रममा आज डडेलधुरा पुग्नुभएको छ । पार्टी कार्यालय तुफानडााडामा आज पुग्नु भएका शाहले त्यहाँ उपस्थित पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गर्नुभएको छ । 

 चुनावी दौडका क्रममा विभिन्न जिल्लामा कार्यकर्ता भेट्दै आएका शाहको डडेलधुरा आगमनलाई सामान्य भेटघाटका रूपमा लिइएको पार्टीले जनाएको छ। रास्वपाका नेता तथा डडेलधुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार ताराप्रसाद जोशीले शाहको भ्रमण औपचारिक कार्यक्रमभन्दा पनि कार्यकर्ता र समर्थकसागको संक्षिप्त भेटमा केन्द्रित रहेको बताउनुभयो । डडेलधुरामा पछि चुनावी कार्यक्रमका लागि बैतडी जानुभएको छ । 


प्रतिक्रिया