ट्रकमा हालेर हेलिकोप्टर ल्याइयो

असार २०, २०८२

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पहिलो पटक हेलिकोप्टर आयात गरिएको छ । चीनबाट ल्याइएको हेलिकोप्टर टेलरमा राखेर नेपाल भित्र्याइएको हो । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको हेलिकोप्टर ४० फिट लामो टेलरमा राखेर चीनको सहरबाट तातोपानीसम्म ल्याइएको भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो । 

भन्सार प्रक्रिया र जाँच पास गरिपछि हेलिकोप्टरको भन्सार कति लाग्ने यकिन हुने चुडालको भनाइ छ । करिब ४ करोड १२ लाख भन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको छ । कम्पनीले चीनबाट अन्य चारवटा हेलिकोप्टर पनि सोही मार्ग बाट ल्याउने तयारी गरेको छ । कागजी प्रक्रिया पुरा गरेपछि त्यहाँबाट उडाएर हेलिकोप्टर काठमाडौं ल्याइने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया