दुर्घटनामा हेडसरको मृत्यु

असार २०, २०८२

मोटरसाइकल दुर्घटनामा परी मकवानपुर राक्सिराङ गाउँपालिकाको एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । दुर्घटनामा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडास्थित राप्तीरोडको बुद्धचोकमा झा सवार मोटरसाइकल गएराती ११ बजेतिर दुर्घटनामा परेको थियो । 

राप्ती रोडमा ह्युमपाइप राख्न सडक खनिएको थियो सोही सडक खनिएकै स्थानमा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४५ वर्षीय झाको हेटौंडा अस्पतालमा रातिनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । धनुषाको जनकपुरधाम घर भएका झा १५ वर्षदेखि सो विद्यालयमा प्रधानाध्यापकको पदमा कार्यरत हुनुहुन्थ्यो । झाको निधनको शोकमा राक्सिराङ गाउँपालिकाले आज पालिकाका सबै विद्यालयमा शोक बिदा घोषणा गरेको छ ।


प्रतिक्रिया