युद्धविरामका लागि हमासद्वारा दीर्घकालिन सुनिश्चितताको माग

असार २०, २०८२
प्यालेष्टाइनी सैन्य समुह हमासले इजरायलसंगको युद्धविरामका लागि दीर्घकालिन सुनिश्चितताको माग गरेको छ । अमेरिकाले सुरुवाती समयमा ६० दिनको युद्धविराम गर्ने र सो अवधिमा युद्ध पूर्ण अन्त्यका लागि पर्याप्त छलफल गर्ने प्रस्ताव गरेसंगै हमासले दीर्घकालिन शान्तिको सुनिश्चिता खोजेको हो ।
आफ्ना मुलुकका बन्दी रिहाइ नगरेको भन्दै इजरायलले गाजा क्षेत्रमा हमास माथि आक्रमण तिव्र बनाएको छ । हमासको अस्तित्वनै सखाप पार्ने रणनीतिमा इजरायल छ । तर अमेरिकाको प्रस्ताव स्वीकार गरेसंगै इजरायलले हसाससंगको २१ महिना लामो युद्ध अन्त्य हुने संभावना अधिक रहेको जनाएको छ । यसैविच, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसंग आगामी सोमबार भेटवार्ता गर्दै हुनुुहुन्छ ।