पाठ्यक्रम निर्माणम उद्योगीको सहभागीता अनिवार्य हुनुपर्ने

असार २५, २०८२ | काठमाडौं
उद्योगी व्यवसायीको सहभागीता अनिवार्य भएमा मात्र सीपयुक्त सबै युवालाई रोजगारमा जोड्न सकिने एक अनुसन्धानले देखाएको छ ।
ललितपुरमा आज आयोजित आप्रवासी श्रमिकमा माग र आपुर्तीबीचको खाडल पुर्तीका लागि संबोधन विषयक कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा उद्योगीले आफुलाई आवश्यक जनशक्तिबारे सम्बन्धित विषयको पाठ्यक्रम निर्माण देखिनै सहभागीता जनाउनुपर्ने औंल्याइएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रका अनुसन्धानकर्ता अनिलमुनी बज्रचार्यको प्रस्तुतीमा प्राविधिक शिक्षा क्षेत्रबाट उत्पादित मध्ये ४७ देखि ५१ प्रतिशत जनशक्ति मात्र रोजगार वा आयआर्जमा लागेको उल्लेख छ ।
सामान्यतया यस क्षेत्रका जनशक्ति ९० प्रतिशत भन्दा बढी रोजगारीमा लाग्नुपर्ने मान्यता भएपनि करिव आधाको संख्यालाई निराशाजनक रुपमा लिनुपर्ने उहांको भनाई छ ।
यसरी प्राविधिक क्षेत्रका जनशक्तिको रोजगारमा कम सहभागीता हुनुलाई उद्योगको वास्तविक माग अनुसारको जनशक्ति उत्पादन गर्न नसक्नु प्रमुख कारण रहेको जनाइएको छ ।
कार्यक्रममा आप्रवासी कामदारका समस्या, चुनौती तथा उनीहरुको अनुभव आदन प्रदान गरिएको थियो ।