नवनियुक्त तीन न्यायाधीशद्वारा शपथ

असार २४, २०८२
सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सर्वोच्चको न्यायाधीशमा नियुक्त मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाले आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
न्याय परिषद्ले गत जेठ २७ गते उनीहरुलाई सर्वोच्चमा न्यायाधीशमा नियुक्त गर्न सिफरिस गरेको थियो । न्यायाधीशहरुको शपथ कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनताको विश्वास कायम राख्न नवनियुक्त न्यायाधीशहरु अहोरात्र खटिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।