प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे छानविन गर्न गृहमन्त्री लेखकको निर्देशन

असार ३०, २०८२ | काठमाडौं
गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकका व्यक्तिहरू गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको मन्त्री लेखकले बताउनुभयो ।
मन्त्री लेखकले जानका लागि भिजिट भिषाको प्रबन्ध कसले ग¥यो लगायत विषयमा अनुसन्धान हुने बताउनुभयो । सो विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिने पनि गृहमन्त्री लेखकले उल्लेख गर्नुभयो । दोषी देखिएकाहरुलाई कारबाही गरिने पनि उहाँको भनाइ थियो । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा जानु भएको थियो ।