राष्ट्रपति पौडेलद्वारा बजेट सम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

असार ३०, २०८२ | काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको बजेट सम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा १ सय १३ बमोजिम सो विधेयकहरु प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक वर्ष २०८२÷८३ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गरेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयकहरु राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई पेस भएका सो विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनको बाटो खुलेको छ ।