विद्यार्थी संगठनको बन्द आह्वानका कारण पठनपाठन प्रभावित

श्रावण २, २०८२
नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीले आव्हान गरेको हड्तालका कारण देशभरका अधिकांस शैक्षिक संस्था आज बन्द भएका छन् । क्रान्तिकारीले बन्द आव्हान गरेसँगै काठमाडौंका अधिकांस विद्यालयले आज बिदा दिएका हुन् । काठमाडौँ बाहिरका विद्यालयमा पनि आंशिक प्रभाव परेको छ ।
अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्नुपर्ने लगायतका माग राखेर शैक्षिक हड्ताल गरेको जनाएको छ । संविधानमा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सो विद्यार्थी संगठनले शिक्षाको निजीकरणको विरोधमा आन्दोलित हुनु परेको जनाएको छ ।