बाढी पहिरोपछि देशभरका ५ सडक अवरुद्ध

श्रावण १७, २०८२
वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकका ५ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।
संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, नेपाल चीन जोड्ने पुल, गल्छी त्रिशुली हुँदै मैलुङ स्याफ्रुबेँसी सडक खण्ड तथा जाजरकोट डोल्पा भेरि करिडोर सडक खण्डको रुकुमस्थित आठबिसको ६ मा पर्ने रिजिगार क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो । यस्तै, अन्य विभिन्न ७ वटा राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।