रुसद्वारा नयाँ हाइपरसोनिक मिसाइल उत्पादन सुरु

श्रावण १७, २०८२ | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले नयाँ हाइपरसोनिक मिसाइलको उत्पादन सुरु गरेको बताउनुभएको छ । उहाँले सो मिसाइल आफ्ना सहयोगी बेलारुसलाई आगामी वर्ष प्रयोग गर्न दिने बताउनुभएको छ ।

सेन्ट पिटर्सबर्ग नजिकैको वालाम टापुमा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँगको भेटमा पुटिनले ओरेश्निकनामक मध्यम दुरीको ब्यालेस्टिक मिसाइलका लागि सेनाले मिसाइल प्रहारका लागि बेलारुसमा तैनाथी स्थलहरू चयन गरिसकेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले ओरेश्निक मिसाइल पहिलोपटक युक्रेन विरुद्धको युद्धमा गत नोभेम्बरमा प्रयोग गरेको थियो । पुटिनले ओरेश्निकको क्षमताको प्रशंसा गर्दै सो मिसाइल १० गुणा बढी रफ्तारमा चल्ने बताउनुभएको छ ।

उहाँले सो उपकरण युक्रेनको सहयोगी उत्तर एटलान्टिक सन्धि संगठन नेटो विरुद्ध मस्कोले प्रयोग गर्न सक्ने चेतावनी समेत दिनुभएको छ ।  


प्रतिक्रिया