पोखरीमा डुबेर दुई बालकको मृत्यु

श्रावण २९, २०८२ | कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । सार्वजनिक पोखरीमा आज दिउँसो पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढईका १२ वर्षे छोरा वर्षीय आकाश बढई र राजेन्द्र रैदासका ११ वर्षीय छोरा अम्बर रैदासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताउनुभयो । 

प्रहरी र स्थानीयले बालकको शव पोखरीबाट निकाली पोस्टमार्टमकालागि बहादुरगञ्ज स्थित शिवराज अस्पताल पठाईएको प्रहरीले जनाएको छ । यसअघि समेत गत साउन १५ गते वाणगंगा नगरपालिका वडा नं. ५ कोपवाका दुई बालकको पनि घोलामा नुहाउन गएका बेला डबुेर मृत्यु भएको थियोे । 


प्रतिक्रिया