‘ए डिभिजन लिग’ फुटबल शुरु गर्ने एन्फाको तयारी

भाद्र १९, २०८२ | काठमाडौं

लामो समय देखि ‘ए डिभिजन लिग’ फुटबल आयोजना गर्न नसकेको भन्दै आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता सञ्चालको तयारी शुरु गरेको छ । 

 आगामी पुष ९ गतेबाट लिग सञ्चालन गर्ने गरि एन्फाले जिल्ला तथा प्रदेशका अध्यक्ष लगायत फुटबल मैदान भएका ठाउँका केन्द्रीय सदस्यहसँग आज छलफल गरेको हो । लिग सञ्चालनका लागि एन्फाले यसअघि प्रतियोगितामा सहभागीता जनाउने विभिन्न क्लबका प्रतिनिधिसँग गरिएको एन्फा महासचिव किरण राईको भनाई छ । 

राईका अनुसार आगामी संस्करणका खेलहरु काठमाडौं उपत्यका बाहिरका विभिन्न जिल्लामा समेत खेलाउने तयारी भएको छ ।

 लिग अन्र्तगत हुने खेलहरु डबल राउण्ड रोविनका आधारमा सञ्चालन गरिनेछ । जिल्लास्थित प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका मैदानको अवस्था, समस्या र समाधानका उपाएबारे जानकारी गराएको एन्फाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । 


प्रतिक्रिया