शिक्षक महासंघले पाँच राजनीतिक दलका पार्टी कार्यालयमा एकसाथ धर्ना दिने

भाद्र १९, २०८२ | काठमाडौं

दबाबमुलक कार्यक्रम गर्दै आएको नेपाल शिक्षक महासंघले आज विभिन्न पाँच राजनीतिक दलका पार्टी कार्यालयमा एकसाथ धर्ना दिने कार्यक्रम तय गरेको छ ।

महासंघले राजधानीमा रहेका ती कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिने बताएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ,जनमत पार्टी, जनता समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको कार्यालयमा धर्ना दिन विभिन्न पदाधिकारीलाई खटाइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

धर्ना कार्यक्रममा सहभागी भई ऐक्यबद्धता जनाउन सबै शिक्षकलाई महासंघले आग्रह गरेको छ ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै महासंघले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आएको छ ।


प्रतिक्रिया