इन्द्रजात्रा आजबाट सुरु

भाद्र १९, २०८२ | काठमाडौं

इन्द्रजात्रा पर्व आजदेखि औपचारिक रुपमा सुरु हुदैछ । 

विहानसाढे १० बजे पूजाआजा होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) बाट सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएपछि विधिवतरुपमा इन्द्रजात्रा प्रारम्भ हुनेछ । 

काठमाडौं उपत्यकामा विशेष जात्राका रुपमा मनाइँदै आइएको यो जात्रामा पर्सी शनिवारदेखि बिहीबारसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुनेछ। 

बिहीबार बेलुका साढे १० बजे इन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिने गुठी संस्थानले जनाएको छ ।


प्रतिक्रिया