सरकारले सामााजिक सञ्जाल प्लेटफर्मबारे आज निर्णय गर्ने

भाद्र १९, २०८२ | काठमाडौं

सरकारले तोकिएको समयमा पनि सूचीकरण हुन नआएका सामााजिक सञ्जाल प्लेटफर्मबारे आज निर्णय गर्ने जनाएको छ । 

सरकारले सामाजिक सञ्जालका विषयमो आज केही न केही निर्णय लिने सञ्चारमन्त्रीका स्वकीय सचिव विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि सरकारले भदौं ९ मा बसेको मन्त्रिपरिषदको बैठकले फेसबुक, इन्ट्ग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरुलाई एक साताभित्र सूचीकृत हुन अनुरोध गरेको थियो । 

सो समयसीमा हिजो राती सकिएको छ । 

यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

सूचीकरण हुन नआएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउँदै आउनुभएको छ । 


प्रतिक्रिया