सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गर्नुपर्ने राप्रपाको माग

आश्विन २, २०८२ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बदलिँदो परिस्थितिमा सबै राजनीतिक शक्तिबीच नवीन समझदारी गर्नुपर्ने माग गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई दीर्घकालीन द्वन्द्वमा जानबाट जोगाउन नवीन समझदारी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै, राप्रपाले २०४६ पछि उच्च तहमा पुगेका नेता र कर्मचारी लगायतको सम्पत्ति छानविन हुनुपर्ने लगायत माग अघि सारेको छ । जेन जी पुस्ताको विद्रोहलाई सम्मान गर्दै भ्रष्टाचार अन्त्यका लागि काम गर्नुपर्ने अध्यक्ष लिङदेनले बताउनुभयो ।

यसैबीच राप्रपाले २४ गतेको आन्दोलनमा भएका आगजनी र तोडफोडमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दावी गरेको छ ।  


प्रतिक्रिया