एनपीएल सिजन टुः पहिलो खेलको टिकटबाट उठेको रकम क्यानले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

आश्विन २, २०८२

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो खेलको टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।

एनपिएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष सम्पन्न पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको थियो । 


प्रतिक्रिया