प्रधानमन्त्री कार्कीसँग चिनियाँ र अमेरिकी राजदूतको भेटवार्ता

आश्विन २, २०८२ | काठमाडौं
नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राजदूत छनले प्रधानमन्त्री कार्कीलाई भेट्नुभएको हो । काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार राजदूत छनले प्रधानमन्त्री कार्कीलाई बधाई दिनुभएको छ ।
त्यस्तै दुई मुलुकबीचको मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल भएको राजदूतावासले जनाएको छ । यसैबीच प्रधानमन्त्री कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुबीच आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारका तर्फबाट नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आज एकैदिन चीन र अमेरिकाका राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।