निर्वाचन गर्ने वातावरण बनाउन सबै पक्षलाई गृहमन्त्री अर्यालको आग्रह

आश्विन २, २०८२ | काठमाडौं

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेका लागि निर्धारित निर्वाचन गर्ने वातावरण बनाउन सबै पक्षलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगसँगको छलफलका क्रममा गृहमन्त्री अर्यालले युवा पुस्ताको चाहना अनुसार गठित अन्तरिम सरकार निर्वाचनका लागि प्रतिवद्धत रहेको समेत बताउनुभएको छ । निर्वाचनलाई सरकारले अर्जुनदृष्टि बनाएको उहाँले बताउनुभयो ।

मतदाता नामावली संकलन लगायत कार्यका लागि आवश्यक तयारी र कानून बनाउन सरकारले काम अघि बढाउने गृहमन्त्री अर्यालको भनाइ थियो । योग्य सबै मतदातालाई निर्वाचनमा सहभागी गराउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

सरकार र निर्वाचन आयोगले चुनावको तयारी गरेसँगै कतिपय दलहरुले पनि निर्वाचनका लागि अघि बढ्न मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । 


प्रतिक्रिया