भारतद्वारा आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी

आश्विन ४, २०८२

जेन–जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति देखाउँदै भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।

 नेपालस्थित भारतीय दूतावासले परिस्थिति सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको हो । 

दूतावासद्वारा जारी एड्भाइजरीमा नेपाल यात्रा गर्ने भारतीय नागरिकहरूले सतर्कता अपनाउन र भारतीय दूतावास वा स्थानीय प्रशासनले जारी गर्ने एडभाइजरीको पालना गर्न सुझाव दिइएको छ । 

भारतीय दूतावासले आफ्ना नागरिकहरूको सहायताका लागि हेल्पलाइन नम्बर, आपतकालीन नम्बर र इमेल पनि सार्वजनिक गरेको छ । 


प्रतिक्रिया