युएई जाने नेपाली क्रिकेट टोलीको भिसा आयो

आश्विन ५, २०८२ | काठमाडौं

वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्र्तराष्ट्रिय सिरिज खेल्न यूएई जाने नेपाल राष्ट्रिय क्रिकेट खेलाडीको भिसा आएको छ ।

 नेपाल क्रिकेट संघ क्यानले आज विज्ञप्ति जारी गर्दै खेलाडीको भिसा प्राप्त भएको जानकारी गराएको छ । क्यानका अनुसार नेपाली टोली भोली युएई प्रस्थान गर्नेछ । गत शुक्रबार नै यूएई जार्ने तय भएपनि भिसा प्राप्त हुन ढिलाइ हुँदा नेपाली टोली जान पाएको थिएन । 

नेपालले टी–२० मा पहिलो पटक वेस्ट इन्डिजसँग खेल्न लागेको हो । पूर्ण राष्ट्रविरुद्ध नेपालले पहिलो पटक टी–२० शृंखला खेल्दै छ । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता टोली हो ।

 वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा शारजहाँमा खेलेपछि नेपाली टोली टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न ओमान जाने छ । नेपालले यस प्रतियोगितालाई टी–२० विश्वकप एसिया–प्यासिफिक छनोटको तयारीको रुपमा लिएको छ । 


प्रतिक्रिया