राष्ट्रपतिबाट नागरिकता ऐन प्रमाणीकरण

आश्विन ५, २०८२ | काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संघीय संसद्को दुवै सदनबाट पारित भएको सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आमाका नामबाट नागरिकता लिन सकिने, नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहे पनि नागरिकता पाइने लगायत व्यवस्था विधेयकमा राखिएको छ ।
प्रतिनिधिसभाबाट गत असार १४ गते र राष्ट्रिय सभाबाट भदौ ६ गते सो विधेयक पारित भएको थियो । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएसँगै अब कार्यान्वयनको बाटोमा जानेछ ।