जेनजी आन्दोलनमा घाइते भएका १ सय १६ जनाको उपचार जारी

आश्विन ५, २०८२

जेनजी आन्दोलनका क्रममा घाइते भएका मध्ये २ हजार ३८ जना अस्पतालबाट घर फर्किएका छन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आन्दोलनका क्रममा २ हजार ३ सय १६ जना घाइते भएका थिए । सो मध्ये अहिले काठमाडौं उपत्यका सहित देशभरका २६ अस्पतालमा गरि १ सय १६ जनाको उपचार भइहेको मन्त्रालयको विवरणमा उल्लेख छ । 

मन्त्रालयका अनुसार अहिलेपनि काठमाडौंस्थित ट्रमा सेन्टरमा ३१ जनाको उपचार भइरहेको छ । 


प्रतिक्रिया