महोत्तरीमा बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

आश्विन १७, २०८२ | काठमाडौं

महोत्तरीको खयरमारामा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

 काठमाडौ आउँदै गरेको बस दुर्घटना हुँदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको हो । दुर्घटनामा अन्य २० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरु मध्ये केहिको अवस्था गम्भिर रहेकोे छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीका अनुसार खैयरमारा स्कुल अगाडी पैदल यात्रु चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । चौधरीकोे सोहि बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । 

 दुर्घटनामा घाइते भएका हरुको बर्दिबासस्थित शुभस्वस्तीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको ।


प्रतिक्रिया