राष्ट्रपति पौडेलद्वारा स्थायित्व, सुशासन र समृद्धिको कामना

आश्विन १६, २०८२ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गर्नुभएको हो ।

शुभकामना सन्देश मार्फत उहाँले सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया