अत्यावश्यक बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध

आश्विन १७, २०८२ | काठमाडौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । प्राधिकरणले अत्यन्त जरुरी नभए आजदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको हो ।

आगामी चारदिनसम्म विभिन्न ५ प्रदेशका अधिकांस जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरिएकाले प्राधिकरणले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तहको आसपास पुग्न सक्ने अनुमानका आधारमा विशेष सतर्कता अपनाउन प्राधिकरणले सबैसँग अनुरोध गरेको जानकारी दिनुभयो ।

सम्भावित क्षतिलाई रोक्न तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ ।


प्रतिक्रिया