बीपि राजर्मागमा रातीमा सवारी सञ्चालनमा अस्थायी रोक

रेडियो कान्तिपुर संवाददाता

आश्विन १६, २०८२ | काठमाडौं

वर्षाका कारण बाढी, पहिरो र सडक अवरुद्ध हुने उच्च सम्भावना भएकाले बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ । असोज १५ गतेदेखि २१ गतेसम्म हरेक दिन बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । 

जिल्ला प्रशासनले भक्तपुर–बनेपा–धुलिखेल–सिन्धुली खण्ड हुँदै जाने सबै प्रकारका सवारी साधन सञ्चालन नगर्न भनेको छ । प्रशासनले अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान र स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको निर्देशनलाई कडाईका साथ पालना गर्न आग्रह गरेको छ । आकस्मिक अवस्थाको उद्धार तथा राहतका लागि सुरक्षाकर्मी, स्थानीय तह, स्वयंसेवक र सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहने स्थानीय प्रशासनले जनाएको छ ।


प्रतिक्रिया