वर्षा र बाढीको जोखिमबाट जोगिन प्रधानमन्त्री कार्कीको आग्रह

आश्विन १८, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला काकीले वर्षा र बाढीको जोखिमबाट जोगिन सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले आगामी सोमबारसम्म भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सरोकार निकायलाई हाइअलर्टमा रहन निर्देशन दिनुभएको हो । उहाँले गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न विशेष अनुरोध गर्नु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तीमा सुरक्षा निकाय र विपद व्यवस्थापन निकायलाई उद्धार र राहतमा उच्च सक्रियताका साथ तयारीमा रहन निर्देशन दिइएको छ । अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले राजमार्ग क्षेत्रमा सतर्क भएर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री घिसिङले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभाग, जलस्रोत तथा सिाचाइ विभाग, जल तथा मौसम विज्ञान विभागका महानिर्देशकसँग जानकारी लिई सबैलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिनुभएको थियो ।  


प्रतिक्रिया