मोरङमा बाढीका कारण ४ सय परिवार विस्थापित

आश्विन १९, २०८२ | काठमाडौं

बाढीका कारण मोरङका विभिन्न पालिकाका गरी ४ सय परिवार विस्थापित भएका छन् । 

विराटनगर महानगरपालिका–१२ को सम्पन्नबस्तीमा खोलाको वाढी पस्दा झन्डै ३ सय ५० जना प्रभावित भएका छन् । उनीहरुलाई स्थानीय विद्यालयमा अस्थायी आश्रय दिइएको छ ।

 विराटनगर–६ र वडा–८ को सुकुम्बासी बस्तीमा पनि सिंघिया खोलाको बाढीले ११ परिवार विस्थापित गराएको छ । यसैगरी सुनवर्षी नगरपालिका–३ बाहुन टोलस्थित बक्राहा खोलाको बाँध फुट्दा ६० वटा घर डुबानमा परेका छन् । 

यसैबीच, त्रियुगा नदीको बाढी बस्तीमा पस्दा सप्तरीको सप्तकोशी नगरपालिकाका दर्जनौं घर डुबानमा परेका छन् । त्यहाँको बोचही गाउँ जलमग्न भएको छ भने अन्य वडाका पनि ५० वटाभन्दा बढी घर डुबानमा परेका छन् । 


प्रतिक्रिया