मेची राजमार्ग पूर्ण रुपमा सन्चालनमा आउन केही दिन लाग्न

आश्विन २०, २०८२ | काठमाडौं

मेची राजमार्ग पूर्ण रुपमा सन्चालनमा आउन चार÷पाँचदिन सम्म लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

ताप्लेजुङदेखि पाँचथर फिदिमसम्म कुनै अवरोध नभएपनि फिदिमदेखि राँकेसम्म एकतर्फी यातायात मात्रै चल्ने अवस्था रहेको छ ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै समस्या रहेको छ ।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य एवं अलैंची ब्यवसायि संघका केन्द्रीय अध्यक्ष पाँचथरका दिपक नेपालले मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध रहेकाले पाँचथरको जोरसालबाट तेह्थुमको सग्रान्ती बजार हुँदै म्याङलुङ बाट धरान निस्कन यात्रु र सवारी सञ्चालकलाई सुझाव दिनुभएको छ । 


प्रतिक्रिया