फागुन २१ मा हुने निर्वाचन कार्यतालिका सार्वजनिक

आश्विन २०, २०८२ | काठमाडौं

निर्वाचन आयोगले फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी मंसिर १ गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यतालिका तय भएको छ । त्यस्तै, प्रत्यक्ष निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने आयोगले जनाएको छ ।समानुपातिकतर्फ भने पुष १८ र १९ गते बन्दसूचि पेश गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, फागुन ३ गते १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने भएको छ । आयोगका अनुसार फागुन २१ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना गर्ने कार्यतालिका बनाइएको छ ।

आयोगका अनुसार दर्ता कायम भएका दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था छ । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटका लागि निर्वाचन हुन लागेको हो । 


प्रतिक्रिया