गाजामा इजरायलको आक्रमण विरुद्ध नेदरल्याडमा प्रदर्शन

आश्विन २०, २०८२ | काठमाडौं
गाजामा जारी इजरायलको आक्रमण विरुद्ध नेदरल्याडमा लाखौं नागरिकले प्रदर्शन गरेका छन् ।
डच सरकारलाई कडा अडान लिन आह्वान गर्दै एम्स्टर्डममा २ लाख ५० हजार नागरिकले प्रदर्शन गरेका हुन् । सबै उमेरका प्रदर्शनकारीहरुले वर्षाको सामना गर्दै डच राजधानीको ६ किलोमिटर क्षेत्रमा प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
उनीहरुले प्यालेस्टिनको झण्डा फहराउँदै स्वतन्त्र प्यालेस्टाइनको नारा लगाएको समाचारमा जनाइएको छ । प्रदर्शनमा सहभागी अधिकांशले इजरायलले गाजाको घेराबन्दी विरुद्ध रातो रंगको कपडा लगाएको समेत बताइएको छ ।
यसैबीच गाजामा जारी युद्ध अन्त्यकालागि कतारको दोहामा आज इजरायल र हमासका प्रतिनिधिविच वार्ता हुँदैछ । २ वर्ष यता जारी युद्ध अन्त्यका लागि यस अघि भएका पटक पटका वार्ताका बाबजुत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको शान्ति योजनाको प्रस्तवमा छलफल हुन लागेको हो ।