सुन अहिलेसम्म कै महंगो

आश्विन २०, २०८२ | काठमाडौं
सुनचाँदीको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । सुनको भाउ तोलामै २ हजार ५ सयले बढेर अहिलेसम्मकै महंगो भएको हो ।
सुनको मूल्य आज दुई लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो ।
दसैंपछि बजार खुलेको पहिलो दिननै सुनको भाउ हिजो तोलाको ७ हजार ४ सय रुपैयाँले बढेको थियो ।
सुनको मूल्य हिजो र आज गरेर दुई दिनमै ९ हजार ९ सय रुपैयाँले बढेको हो । दसैंअघि सुन तोलाको २ लाख २३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चादीको भाउ पनि बढेको छ ।
चाँदी आज तोलामा ३० रुपैयाँले बढेर दुई हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य पनि अहिलेसम्मकै उच्च हो ।