हेटौंडाबाट काठमाडौँ आउने बाटोमा राति सवारी चलाउन रोक

आश्विन २०, २०८२ | काठमाडौं

हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सडक मार्गमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

 जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सार्वजनिक सूचना जारी गर्दैै मकवानपुरको भैँसे हुँदै काठमाडौँ चल्ने सवारी साधनलाई आजबाट अर्को सूचना जारी नहुन्जेल सम्मका लागि बेलुकी ६ बजेदेखि बिहान ५ बजे सम्म सञ्चालनमा रोक लगाएको हो । सो समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । 

अर्को सूचना जारी नभएसम्म हेटौंडाबाट काठमाडौँ जाने सबै सडक मार्गमा राति सवारीसाधन आवागमनमा रोक कायम रहने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो । ती सडकमा कुनै पनि बेला पहिरो खस्ने जोखिम रहेकाले राति सवारीसाधन आवागमनमा रोक लगाइएको उहाँले बताउनुभयो । 

मुख्य राजमार्ग र सडकखण्डमा अवरोध हुँदा दशै मनाएर कर्मथलो फर्किन लागेका सर्वसाधारण समस्यामा परेका छन् ।


प्रतिक्रिया