मनसुनजन्य विपद्मा मृत्यु हुनेको संख्या ५३ पुग्यो

आश्विन २०, २०८२ | काठमाडौं
मनसुनजन्य विपद्मा परेर मुलुकका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
इलाम, पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा कम्तीमा ५३ जनाले ज्यान गुमाएका हुन् । पहिरोमा परेर सबैभन्दा बढी मृत्यु इलाममा भएको छ ।
केन्द्रीय प्रहरी कार्यालयका अनुसार इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । त्यस्तै अझै ७ जना हराइरहेका छन् ।
बाढीपहिरोका कारण विभिन्न जिल्लाका ५ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
कोशी, मधेश र बागमती प्रदेशका दर्जनौं सडकमा क्षति पुग्दा दसैं मनाउन हिँडेका यात्रुको आवतजावत प्रभावित भएको छ ।