मापदण्ड विपरीत बिक्री भइरहेको औषधि बरामद
कार्तिक ७, २०८२ | काठमाडौं
काठमाडौंमा मापदण्डविपरीत बिक्री वितरण भइरहेका औषधि प्रहरीले बरामद गरेको छ ।
प्रहरी वृत्त महाराजगञ्जको टोलीले नियम विपरितका औषधी बरामद गरेको हो ।
टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।
सो क्रममा मापदण्ड विपरितका विभिन्न ट्याबलेट बरामद गरिएको प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।
सो फार्मेसी संखुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम समेतले सञ्चालन गरेको पाइएको र औषधि व्यवस्था विभागसँग समन्वय गर्दा मापदण्ड विपरीत बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ ।









